पोखरामा प्रचण्ड विरुद्ध घन्कियो नारा
पाेखरा | बैशाख १५, २०८०
पोखरा: नेकपा एमाले निकट अनेरास्ववियुले सरकारले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने निर्णय गरेको भन्दै विरोध गरेको छ ।
राज्यकोषबाट रकम बाँड्ने निर्णय फिर्ता लिन माग गर्दै अनेरास्ववियुले आज शुक्रबार पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराजुलुस गर्दै विरोध गरेको हो ।
प्रधानमन्त्री प्रचण्ड विरुद्ध नाराजुलुस गर्दै अनेरास्ववियुले नालायक सरकार राजीनामा दे, प्रचण्डे चोर देश छोड्,अयोग्य लडाकुलाई राहत दिने निर्णय खारेज गर लगायतका नारासमेत लगाए ।
विरोध प्रदर्शन पश्चात कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष विष्णु पोखरेलले अयोग्य लडाकुलाई कहिले सम्म सरकारले अयोग्य बनाएर रकम बाँड्ने हो भनेर प्रश्न समेत गरे ?
उनले सरकारले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए । अनेरास्ववियुले पोखरामा सरकारको यो निर्णय विरुद्ध कालो ब्यानरसमेत प्रदर्शन गरेको थियो ।
सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही दुई लाख रूपैयाँ रकम उपलब्ध गराउन लागेको भन्दै अनेरास्ववियुले पोखरामा विरोध गरिएको हो ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

